इन्जिनियरिङ कलेजमा ३३ करोड अनियमितता

काठमाडाैं । नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायण, भक्तपुरका सञ्चालकले ३३ करोड ७६ लाख रुपैयाँभन्दा बढी अनियमितता गरेको पाइएको छ । कलेजको लेखापरीक्षण प्रतिवेदनअनुसार उक्त रकम अनियमितता भएको पाइएको खबर कान्तिपुरमा लीला श्रेष्ठले लेखेका छन् ।

कलेजका अध्यक्ष लम्बोदर न्यौपाने, सूर्यबहादुर केसी, लवराज भट्टराई, रामरत्न उपाध्याय र उपेन्द्र गौतमले ३३ करोड ७६ लाख ७३ हजार रुपैयाँ अनियमितता गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ । सञ्चालक समिति सदस्य हरिप्रसाद पाण्डे, सलिल भट्टराई, डा.दीपक भट्टराई, सोमप्रसाद मिश्र, प्राचार्य हरिकृष्ण श्रेष्ठ र सहायक प्राचार्य दीपक धामीले कलेजको आर्थिक हिसाब पारदर्शी बनाउन ‘जी पौडेल एण्ड एसोसिएट्स’ बाट लेखापरीक्षण गराएका थिए।

जसअनुसार अध्यक्ष लम्बोदर न्यौपानेलगायत १५ जनाको नाममा बेरुजु देखिएको हो। लेखापरीक्षण प्रतिवेदनअनुसार न्यौपानेको नाममा १३ करोड ३२ लाख ३६ हजार ३ सय ९५ रुपैयाँ, रामरत्न उपाध्यायको नाममा ७९ लाख ३२ हजार ५ सय ३१ रुपैयाँ, लवराज भट्टराईको नाममा २ करोड ४३ लाख ५९ हजार ८ सय ९४ रुपैयाँ र उपेन्द्र गौतमको नाममा १ करोड ७८ लाख १६ हजार ७ सय १८ रुपैयाँ बेरुजु देखिएको छ।

यस्तै, सूर्यबहादुर केसीको नाममा २ करोड १८ लाख ५० हजार ८ सय रुपैयाँ, हरिप्रसाद पाण्डेको नाममा १ लाख ८६ हजार रुपैयाँ, दीपकप्रसाद भट्टराईको नाममा १२ लाख ३४ हजार रुपैयाँ बेरुजु रहेको छ। कलेजका कर्मचारी शोभाकान्त देवको नाममा २८ लाख ७४ हजार ८ सय ८ रुपैयाँ, तीर्थराज निरौलाको नाममा ४३ लाख ६५ हजार १ सय ९७ रुपैयाँ, रामकुमार श्रेष्ठको नाममा २८ लाख ६४ हजार ५ सय रुपैयाँ, विराजन पोखरेलको नाममा ६१ लाख ६५ हजार रुपैयाँ, पुष्प भट्टराईको नाममा ४ लाख ८ हजार ६ सय रुपैयाँ, सतिष भट्टराईको नाममा २ लाख ७९ हजार रुपैयाँ र तोयानारायण पौडेलको नाममा ८ लाख ५० हजार रुपैयाँ बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ। कलेज सञ्चालकले कलेजसँग सम्बन्धित नभएका शिवराम खडकालाई ४५ लाख रुपैयाँ दिएको बैंक खातामा देखिन्छ।

प्रतिवेदनअनुसार कुल ३३ करोड ७६ लाख ७३ हजार रुपैयाँ खर्चको बिल भर्पाई लेखामा पेस नगरिएको देखिएको छ। जसमध्ये १२ करोड २७ लाख ४४ हजार रुपैयाँ लेखासँग भएको बेरुजु देखिन्छ भने १८ करोड ७८ लाख १९ हजार ४ सय ६८ रुपैयाँ लेखामा देखिँदैन तर, भुक्तानी कसलाई दिएको भन्ने देखिन्छ। २ करोड ७१ लाख ९ हजार ५ सय ७६ रुपैयाँ लेखामा देखिँदैन तर कसलाई दिएको भनी बैंकमा देखिन्छ।

सोही प्रतिवेदनमा उल्लेख भएअनुसार ३१ करोड ७६ लाख ४९ हजार १ सय ६८ आम्दानी कलेजको बैंक खातामा देखिए पनि सम्पूर्ण कारोबार लेखाबाट लुकाई कर छलेको पाइएको छ। करिब २ करोड रुपैयाँ विद्यार्थीको शुल्क फिर्ता गरेको भनिए पनि सम्बन्धित कागजात नभेटिएको प्रतिवेदनमा उल्लेख छ। लेखापरीक्षकको वार्षिक आर्थिक प्रतिवेदनहरू कलेजको सञ्चालक समितिको बैठकमा पेस नगरी अवैधानिक रूपमा अध्यक्ष न्यौपानेले एकल हस्ताक्षरमा आन्तरिक राजस्व कार्यालयमा प्रतिवेदन पेस गरिएको भेटिएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रास्वपाबाट इलाम-२ मा मिलन लिम्बु उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी रास्वपाले इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ …

प्रतिकृया दिनुहॊस