दसैँमा मुद्दा हेर्न सर्वोच्चमा तोकिए यी न्यायाधीश

काठमाडौं । सर्वोच्च अदालतले दशैं बिदाको अवधिमा पनि बन्दीप्रत्यक्षीकरण मुद्दाको सुनुवाइका लागि न्यायाधीश तोकेको छ ।  त्यस्तै, मुलुकी फौजदारी संहितले गरेको नयाँ व्यवस्थाअनुसार अभियुक्तलाई पक्राउ पुर्जी जारी गर्न नयाँ व्यवस्थाका लागि पनि अधिकार तोकिएको छ ।

असोज २४ देखि कात्तिक ७ गतेसम्म अदालत बन्द रहनेछ र बन्दका अवधिमा बन्दीका मुद्दा र पक्राउ पुर्जी भने जारी हुनेछ ।  सर्वोच्च अदालतका सहायक प्रवक्ता नगेन्द्र कालाखेतीले मुद्दा हेर्ने न्यायाधीश तोकिएको बताए । उनले भने विजया दशमी र शनिबारबाहेक अन्य दिन दैनिक ११ बजेदेखि ३ बजेसम्म मुद्दा हेर्नका लागि न्यायाधीश तोकिएको खबर गोरखापत्र दैनिकमा खबर छ ।

सर्वोच्चको कार्यतालिका अनुसार बुधबार न्यायाधीश प्रकाशमानसिंह राउतलाई बन्दीको मुद्दा हेर्ने अधिकारी तोकिएको थियो । तर, कुनै पनि मुद्दा पेसीमा तोकिएन । यस्तै, बिहीबार र शुक्रबारका लागि पनि न्यायाधीश राउतलाई नै मुद्दा हेर्ने गरी जिम्मेवारी तोकिएको छ । यस्तै असोज २८ गते आइतबार न्यायाधीश केदारप्रसाद चालिसेलाई मुद्दा हेर्ने जिम्मेवारी तोकिएको छ ।

असोज २९ देखि कात्तिक १ सम्म न्यायाधीश विश्म्भरप्रसाद श्रेष्ठले मुद्दा हेर्नेछन् । त्यस्तै वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई कात्तिक ४ मा मुद्दा हुर्ने जिम्मेवारी दिइएको छ भने कात्तिक २ र ३ मा भने अदालतले बन्दीका मुद्दा पनि सुनुवाई गर्ने छैन् । त्यस्तै कात्तिक ५ देखि ७ सम्म न्यायाधीश सपना मल्ल प्रधानलाई मुद्दा हेर्ने जिम्मेवारी दिइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रास्वपाबाट इलाम-२ मा मिलन लिम्बु उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी रास्वपाले इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ …

प्रतिकृया दिनुहॊस