सीतापाइलामा ट्याक्सीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडाैं । काठमाडौंको सीतापाइला चोकमा ट्याक्सीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मंगलबार राति बा २ ज २५६९ नम्बरको ट्याक्सीले बा ६६ प ४६०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक काभ्रेपलाञ्चोक रोशी गाउँपालिकाका २३ वर्षीय नीरज लामाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका लामाको उपचारका क्रममा राति मनमोहन अस्पतालमा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका काभ्रेका प्रकाश तामाङ गम्भीर घाइते भएका छन् ।

राष्ट्रिय ट्रमा सेन्टरमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्याक्सी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रास्वपाबाट इलाम-२ मा मिलन लिम्बु उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी रास्वपाले इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ …

प्रतिकृया दिनुहॊस