‘छक्का पञ्जा ३’ आजबाट देशैभर प्रदर्शनमा

काठमाडाैं । धेरै दर्शकलाई प्रतिक्षा थियो । चलचित्र छक्का पञ्जातिन रिलिजको दिन कहिले आइपुग्ला ? अब भने दर्शकको प्रतिक्षाको घडि समाप्त भएको छ ।

यस वर्षकै सर्वाधिक प्रतिक्षित मानिएको चलचित्र छक्का पञ्जा ३ आज बाट ‘अल नेपाल’ प्रदर्शनमा आएको छ । नेपाली चलचित्र सधैँ शुक्रबारबाट प्रदर्शनमा आउने भए पनि दसैंको घटस्थापनालाई केन्द्रित गर्दै चलचित्र आजबाट प्रदर्शनमा आएको हो । हाँस्यकलाकारहरुले भरि भराउ भएको चलचित्रले दर्शकलाई चलचित्र हेर्न सहज होस् भन्ने उद्देश्यले अग्रिम टिकटको व्यवस्था समेत मिलाएको थियो ।

आजदेखि प्रदर्शनमा आएको चलचित्र छक्का पञ्जा ३ मा दिपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, दीपिका प्रसाई, लक्ष्मी गिरी, शिवहरि पौडेल, विल्सन विक्रम राई, निर शाह, यमन श्रेष्ठ, किरण केसी, शारदा गिरी, लगायतका कलाकारहरु मुख्य भूमिकामा प्रस्तुत भएका छन् । चलचित्रमा प्रियंका कार्की, वर्षा राउत, सञ्जोग कोइराला, स्वस्तीमा खड्कालगायतका कलाकारहरुलाई समेत विशेष भुमिकामा प्रस्तुत गरिएको छ ।

दिपाश्री निरौलाले निर्देशन गरेको यो चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन रहेको छ । चलचित्रमा अर्जुन पोखरेल र दिपक शर्माको संगीत छ । चलचित्रमा कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् भने चलचित्रको सम्पादन विपिन मल्लले गरेका हुन् । चलचित्रको कथा दिपकराज गिरीले लेखेका हुन् भने डाइलग भने दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र यमन श्रेष्ठले तयार गरेका हुन् । चलचित्रलाई मानकृष्ण महर्जन र श्रीबहादुर लामाले संयुक्त रुपमा खिचेका हुन् ।

दिपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, दिपेन्द्र खनिया, सुमन गिरी (भान्जा), शिवहरी पौडेल, किरण केसी, ताराचन्द्र बजगाईँ, पुरुषोत्तम प्रधान, केशव न्यौपाने चलचित्रका निर्माता हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस