चीनमाथि नेपालको फराकिलो जित, ११ बलमै खेल जित्यो

काठमाडाैं । मलेसियामा जारी आईसीसी विश्वकप टी–२० एसिया क्षेत्र छनोट ‘बी’ को पाँचौ खेलमा नेपालले चीनलाई फराकिलो अन्तरले हराएको छ । चीनले दिएको २७ रनको लक्ष्य पछ्याएको नेपालले बिना कुनै विकेट क्षति १.५ ओभरमा पुरा गरेको हो ।

नेपालका लागि बिनोद भण्डारीले ८ बल खेल्दै १ छक्का र ३ चौकासहित २४ रन बनाए भने प्रदीप ऐरीले ३ बल खेल्दै ४ रन बनाएका थिए । यसअघि बायोमास ओभल क्रिकेट मैदानमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको चीनले निर्धारित २० ओभरमध्ये १३ ओभरमा अलआउट हुँदै २६ रनमा समेटियो ।

चीनलाई सस्तैमा समेट्ने क्रममा नेपालका सन्दिप लामिछाने, ललित राजबंशी र बसन्त रेग्मीले समान ३-३ विकेट लिए । एक विकेट रन आउट बाट लिएको थियो । चीनका लागि हङ जियान याङले सर्वाधिक ११ रन बनाए । यस्तै डेन्जी मा ले ५ तथा चेन जिनफिङले १ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याट्समेनले रन लिन सकेनन् ।

जारी प्रतियोगिताकै सबैभन्दा बलियो टिम रहेको नेपाल २ खेल अगाडिनै छनोट भइसकेको छ । यस्तै दुई खेल अगाडिनै छनोटबाट बाहिरिसकेको चीन प्रतियोगिताकै सबैभन्दा कमजोर टोली हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसिसी प्रिमियर कपमा नेपालको लगातार चौथो जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित दर्ता गरेको छ । …

प्रतिकृया दिनुहॊस