प्रदेश १ का १९ स्थानीय तहमा पुगेन बैंक

विराटनगर । प्रदेश १ का १९ वटा स्थानीय तहमा बैंक तथा वितिय संस्थाको पहुँच पुगेको छैन । सबै स्थानीय तहमा बैंकको शाखा खोल्न राष्ट्र बैंकले निर्देशन दिए पनि प्रदेश १ का १३७ स्थानीय तहमध्ये १९ वटामा बैंक नपुगेका हुन् ।

नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका कायम मुकायम निर्देशक हिमप्रसाद न्यौपानका अनुसार ११८ वटा स्थानीय तहमा बैंकको शाखा विस्तार भएको छ । २०७४ असार मसान्त सम्म १३७ मध्ये ५८ वटा स्थानीय तहमा मात्र बैंकका शाखा विस्तार भएका थिए । तर चालु आर्थिक बर्षको असोज महिना सम्म ६० वटा स्थानीय तहमा नयाँ शाखा स्थापना भएका छन् ।

निर्देशक न्यौपानेले ३ वटाबाहेक अन्य स्थानीय तहमा बैंक स्थापनाका लागि प्रक्रिया सुरु भएको बताए । ३ स्थानीय तहमा भने भौगोलिक समस्याका कारण शाखा खोल्ने प्रक्रिया सुरु हुन सकेको छैन । १ सय १८ स्थानीय तहमा बैंकको साखा विस्तार भए पनि सबै मानिसको बैंक खाता भने छैन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुजल डेरीले ल्यायो ‘सफल ह्याप्पी काउ मिल्क’

काठमाडौँ । सुजल डेरीको सफल ह्याप्पी काउ मिल्क अब काठमाडौँ बजारमा उपलब्ध भएको छ । …

प्रतिकृया दिनुहॊस