आजदेखि कात्तिक ७ गतेसम्म अदालत बन्द रहने

काठमाडौँ । सर्वोच्च अदालतलले बुधबार घटस्थापनाका दिनदेखि आगामी कात्तिक ७ गते कोजाग्रत पूर्णिमासम्म अदालत बन्द हुने जनाएको छ ।

सर्वोच्च अदालतका सहप्रवक्ता नगेन्द्रकुमार कालाखेतीले जारी गरेको प्रेस विज्ञप्तिमा असोज २४ देखि कात्तिक ७ गतेसम्म अदालतल बन्द रहने भए पनि बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने उल्लेख गरिएको छ ।

न्याय प्रशासन ऐन २०७३ को दफा २६ बमोजिम बन्दीप्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइ प्रयोजनका लागि विजयादशमी र उल्लेखित अवधिमा पर्ने शनिबारका दिनबाहेक अन्य दिन बिहान ११ बजेदेखि ३ बजेसम्म अदालत खुला रहने विज्ञप्तिमा उल्लेख छ ।

दसैँ अवधिभर मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०६४ को दफा ९ बमोजिम पक्राउ पूर्जी जारी गर्ने अनुमति प्रदान गर्नका लागिसमेत व्यवस्था मिलाइएको छ । सो निवेदनको सुनुवाइका लागि सर्वोच्च अदालतमा न्यायाधीशलाई तोकिसकिएको छ ।

मुद्दा हेर्ने अनुमति पाएका सबै तहका अदालत खुला रहने पनि विज्ञप्तिमा उल्लेख छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बेलायतको नयाँ कम्प्युटर पाठ्यक्रम सञ्चालन गर्दै मनास्लु स्कुल

काठमाडौं । काठमाडौंको नयाँ बजारमा स्थित मनास्लु स्कुलले डिजीस्कुल नेपालसँग साझेदारी गरेको छ । साझेदारी …

प्रतिकृया दिनुहॊस