प्रशन्ना र आनन्दको स्वरमा ‘फूलमा देख्छु तिमी नै’ सार्वजनिक

काठमाडाैं । नवगायिका प्रशन्ना पाण्डेले वरिष्ठ गायक आनन्द कार्कीसँग युगल गायन गरेको ‘फूलमा देख्छु तिमी नै’ बोलको गीत सार्वजनिक गरेकी छन् ।

हालै नेशनल क्यापिटल अवार्डबाट सम्मानितसमेत भएकी उनले दसैंको अवसरमा ‘फूल मा देख्छु तिमि नै, जुन मा देख्छु तिमि नै’ बोलको गीत कोशेली ल्याएकी हुन् । गीतमा गोबिन्द प्रसाद उपाध्यायको शब्द, सन्तोष श्रेष्ठको संगीत रहेको छ ।

गीतको भिडियोमा  रिमा बिश्वकर्मा र कुमार रेग्मीले अभिनय गरेका छन् । भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस