रौतहटबाट पक्राउ परेका सिके राउतसँग सरकारले वार्ता नगर्ने

काठमाडाैं । असन्तुष्ट समूहसँग वार्ताको तयारीमा रहेको सरकारले सिके राउतसँग भने वार्ता नगर्ने भएको छ। सरकारी वार्ताटोलीका संयोजक सोमप्रसाद पाण्डेले सिके राउतका फरक माग भएकाले सो समूहसँग वार्ता नगरिने बताए । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

राउत आइतबार रौतहटबाट पक्राउ परेका छन्। ‘सिके राउतले छुट्टै देश मागेको छ, छुट्टै राष्ट्रिय गान छ, कुनै झन्डा मागेको छ,’ पाण्डेले भने, ‘त्यसैले सिके राउत वार्ता गर्ने समूहभित्र पर्दैन, हामी वार्ता पनि गर्दैनौँ ।’ सरकारी वार्ताटोलीले अहिलेसम्म ४२ समूहको पहिचान गरेको छ । ती समूहसँग कुनै न कुनै संयन्त्रमार्फत कुरा भइरहेको पाण्डेले बताए ।

पाण्डे संयोजकत्वको सरकारी वार्ताटोलीमा सुरेश आलेमगर, ताराकान्त चौधरी र लीला भण्डारी सदस्य छन् । यस्तै, गृह मन्त्रालयका सहसचिव कुमारबहादुर खड्का पनि टोलीमा छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सर्वोच्चको आठ बुँदे आदेश- पशुपति क्षेत्रमा गाडी चल्न नदिनू, शव गाड्ने वैकल्पिक ठाउँ खोज्नू

काठमाडौं । सर्वोच्च अदालतले विश्व सम्पदा सूचीमा रहेको पशुपतिनाथ मन्दिर क्षेत्रमा इञ्जिनले चल्ने कुनै पनि …

प्रतिकृया दिनुहॊस