३५ लाख ३४ हजार कित्ता साधारण सेयर जारी गर्दै युनियन हाइड्रो

काठमाडौं । युनियन हाइड्रो पावर कम्पनीले ३५ करोड ३४ लाख ३४ हजार मूल्यको ३५ लाख ३४ हजार ३ सय ४० कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले लमजुङमा सञ्चालित ३ मेगावाटको मिदिम खोला (करापु) जलविद्युत आयोजनाको साधारण सेयर निष्कासन गर्ने तयारी गरेको हो । बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले साधारण सेयय निष्कासन गरेर बाँडफाँड गर्नेछ । जारी हुने २९ करोड १२ लाख ५५ हजार बराबरको २९ लाख १२ हजार ५ सय ५० कित्ता सर्वसाधारणको लागि छुट्याएको सेयर हो ।

बाँकी ६ लाख २२ हजार ७ सय ९० कित्ता लमजुङबासीका लागि छुट्याइएको बिक्री नभएको सेयर हो । बिक्री नभएको सेयर पनि साधारण सेयरमा मिलान गरेर जारी गर्न लागिएको कम्पनीको भनाई छ । साधारण सेयर निष्कासन गर्न लक्ष्मी क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीले लमजुङमा निर्माण गरेको मिदिम खोलाले गत वर्षको पुस महिनाबाट नियमित विद्युत उत्पादन गर्दै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भूमिगत तार पड्किँदा चितवनमा विद्युत् सेवा अवरुद्ध

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जभित्र बिजुलीको भूमिगत तार (केबल) मा समस्या आएपछि माडीमा विद्युत् सेवा …

प्रतिकृया दिनुहॊस