सिङ्गटी जलविद्युत् आयोजनाको ‘ब्रेक थ्रु’

दोलखा । सिङ्गटी खोलामा निर्माणाधीन २५ मेगावाटको सिङ्गटी जलविद्युत् आयोजनाको शनिबार सुरुङ छेडिएको छ । आयोजनाको सुरुङको यो पहिलो खण्डको हो । यसको लम्बाइ अडिटबाहेक दुई हजार ९०० मिटर छ ।

पहिलो सुरुङ ‘बे्रक थ्रु’ भएसँगै आयोजनाको प्रगतिमा इँटा थपिएको आयोजना निर्देशक काजी लामाले बताउनुभयो । पहिलो ब्रेक थ्रुसँगै तीन किलोमिटर खण्ड वारपार भएको छ । आयोजनाको हेडबक्स खण्डको माथिल्लो खण्डको सुरुङ खुलेको हो ।

सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडका अर्का सञ्चालक बटु लामिछानेले सुरुङको पहिलो खण्डको सफलताले लगानीकर्ता, निर्माण व्यवसायी, शेयर होल्डर, मजदुर सबैलाई हर्षित बनाएको प्रतिक्रिया दिनुभयो । सिभिल निर्माण शुरु गरेको छोटो समयमै राम्रो प्रगति गर्ने नेपालकै पहिलो जलविद्युत् आयोजना भएको उहाँले बताउनुभयो ।

सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडले दुई वर्ष अवधिमा आयोजनाको निर्माण अन्तिम चरणमा पुर्याएको छ । आयोजनाको समग्र प्रगति ८० प्रतिशत भएको छ । आयोजनाको बाँध क्षेत्रको काम अन्तिम चरणमा पुर्याएको छ । शिरिसघारीस्थित कात्तिके गाउँमा निर्माण भइरहेको विद्युत्गृहको ६० प्रतिशत काम सम्पन्न भएको छ । चैतभित्र विद्युत्गृहको निर्माण पूरा हुने कम्पनीले जनाएको छ ।

सरकारले प्रतिस्पर्धा गराएर निजी क्षेत्रलाई निर्माणको अनुमति दिएको आयोजनाबाट २०७६ वैशाख १ गतेदेखि विद्युत् उत्पादन गर्ने तालिका छ । केही ढिला हुँदा पनि जेठ असारदेखि उत्पादन शुरु हुने बताइएको छ । विद्युत्गृहमा १२.५ मेगावाट क्षमताका दुई युनिट राखेर विद्युत् उत्पादन गरिनेछ ।

आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको सिङ्गटी सवस्टेशनमा लगेर जोडिनेछ । चार अर्ब ६३ करोड लागत अनुमान गरिएको यस आयोजनामा सिभिल बैंकको नेतृत्वमा १० बैंकले तीन अर्ब ३० करोड ऋण लगानी गरेका छन् । १६ मेगावाटमा निर्माण शुरु गरिएको आयोजना नौ मेगावाट क्षमता बढाएर २५ मेगावाट पुर्याइएको होे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढी प्रभावित आयोजनाले १० महिनासम्म राहत नपाएकाे गुनासाे

काठमाडौं । पूर्वका बाढी प्रभावित जलविद्युत आयोजनाले लामोसमयसम्म राहत नपाएपछि संसदीय समितिमा छलफल भएको छ । बुधवार संघीय संसदको अर्थसमितिमा बाढी प्रभावित आयोजनाका प्रतिनिधि, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान), ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री, राष्ट्र बैंकका गभर्नर, ऊर्जा सचिव र राजस्व सचिवसहित छलफल भएको हो ।

प्रतिकृया दिनुहॊस