डेढ महिनाभित्र बूढीगंगाको डिपिआर पूरा हुने

काठमाडाैं । अछाममा निर्माण हुने २० मेगावाटको बूढीगंगा जलविद्युतको ‘विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) अबको डेढ महिनाभित्र पूरा हुने भएको छ । वर्षौंसम्म लक्षित काम नभएको भन्दै व्यापक आलोचना भएपछि समयमै काम सक्न दबाब दिइएको हो ।

सरकार (ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय) अर्थात् मातहतको विद्युत विकास विभागले निर्माणको जिम्मेवारी लिएको आयोजनाको झन्डै ४ वर्षसम्म डिपिआर पूरा भएको छैन । तर, विभागले पछिल्लो समय आयोजना प्रमुख परिवर्तन गरेर कामलाई तीव्रता दिएको छ । अबको डेढ महिनामा डिपिआर सकेर ठेक्का प्रक्रिया सुरु गर्ने आयोजना प्रमुख  सञ्जय ढुंगेलले बताए ।

करिब ६ करोड अमेरिकी डलर लागत अनुमान गरिएको आयोजना निर्माण गर्न सरकारले साउदी र कुवेत फन्डसँग क्रमशः ३ करोड अमेरिकी डलर र १ करोड ८० लाख डलर ऋण लिएको छ । बाँकी १ करोड २० लाख डलर सरकारले लगानी गर्ने योजना छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिष्थितिमा पनि उत्साहजनक सहभागिता

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा भएको छ । एक्स्पो आयोजक …

प्रतिकृया दिनुहॊस