माथिल्लो त्रिशूली-१ को निर्माण पुसदेखि

काठमाडौं । माथिल्लो त्रिशूली-१ को निर्माण पुसदेखि शुरू हुने भएको छ । रसुवास्थित २ सय १६ मेगावाटकोे सो आयोजनाको निर्माण कार्य अघि बढाउन सबै तयारी पूरा भएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार पहिलो चरणमा आयोजनास्थल पुग्ने पहुँच मार्ग निर्माण गरी भौतिक संरचना विकासको काम शुरू गरिनेछ । उक्त आयोजना कोरियाली लगानीमा निर्माण हुनेछ । नेपालका लागि कोरियाली राजदूत योङ सिक पार्कले आयोजनाको पछिल्लो प्रगतिबारे ऊर्जामन्त्री वर्षमान पुनलाई जानकारी गराउँदै निर्धारित समय र लागतमा पूरा हुने विश्वस्त पारे ।

आयोजना निर्माणमा कोरियाली लगानी ल्याउन ऋण लिने प्रक्रिया अन्तिम चरणमा पुगेकोसमेत उनले बताए । पुनलाई भेट्न पार्कसँगै माथिल्लो त्रिशूली-१ को प्रवद्र्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेण्ट कम्पनीका प्रतिनिधि पनि मन्त्रालय पुगेका थिए । आयोजनामा ८० प्रतिशत ऋण र २० प्रतिशत स्वपूँजी लगानी हुनेछ ।

१५ प्रतिशत विश्व बैङ्कअन्तर्गतको आईएफसी तथा १० प्रतिशत नेपाली लगानी हुनेछ । कोरियाली लगानीमा निर्माण हुने सो आयोजनाको जोखीम न्यूनीकरण गर्न स्थापना हुने हेजिङ फण्डबारे अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैङ्कसँग छलफल भएको मन्त्रालयले बताएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढी प्रभावित आयोजनाले १० महिनासम्म राहत नपाएकाे गुनासाे

काठमाडौं । पूर्वका बाढी प्रभावित जलविद्युत आयोजनाले लामोसमयसम्म राहत नपाएपछि संसदीय समितिमा छलफल भएको छ । बुधवार संघीय संसदको अर्थसमितिमा बाढी प्रभावित आयोजनाका प्रतिनिधि, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान), ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री, राष्ट्र बैंकका गभर्नर, ऊर्जा सचिव र राजस्व सचिवसहित छलफल भएको हो ।

प्रतिकृया दिनुहॊस