अमेरिकी डलरको भाउ केही दिनयता स्थिर

काठमाडौं । निरन्तर उकालो लागिरहेको अमेरिकी डलरको भाउ केही दिनयता स्थिर छ । नेपाल राष्ट्र बैंकले सोमबार निर्धारण गरेको मूल्यअनुसार, अमेरिकी एक डलरको खरीद दर ११५ रुपैयाँ २२ पैसा छ भने बिक्री दर राष्ट्र बैंकले ११५ रुपैयाँ ८२ पैसा तोकेको छ ।

राष्ट्र बैंकले युरो एकको खरीद दर १३५ रुपैयाँ ३८ पैसा र बिक्री दर १३६ रुपैयाँ ०९ पैसा तोकेको छ । मलेसियन रिङ्गिट एकको खरीद दर २७ रुपैयाँ ९० पैसा र बिक्री दर २८ रुपैयाँ ४ पैसा छ । कतारी रियाल एकको खरीद दर ३१ रुपैयाँ ६५ पैसा र बिक्री दर ३१ रुपैयाँ एक पैसा रहेको छ । कुवेती दिनार एकको खरीद दर ३८० रुपैयाँ ८३ पैसा र बिक्री दर ३८२ रुपैयाँ ८१ पैसा छ ।  त्यस्तै, सिङ्पुगापुर डलर एकको खरीद दर ८४ रुपैयाँ ४३ पैसा र बिक्री दर ८४ रुपैयाँ ९० पैसा रहेको छ ।

दक्षिण कोरियन एक सयको खरीद दर १० रुपैयाँ ३३ पैसा र बिक्री दर १० रुपैयाँ ३९ पैसा तोकिएको  छ। हङ्कङ डलर एकको खरीद दर १४ रुपैयाँ ६७ पैसा र बिक्री दर १४ रुपैयाँ ८१ पैसा तय भएको राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ । यो विनियम दरलाई बैंकले आवश्यकताअनुसार जुनसुकै समयमा संशोधन गर्नसक्ने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक पर्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

डिशहोमको जतिको रिचार्ज उति नै बोनस अफर

काठमाडौं । डिशहोम डीटीएचका ग्राहकहरुले अब रिचार्ज गरेको रकमबराबर नै बोनस प्राप्त गर्ने भएका छन्। …

प्रतिकृया दिनुहॊस