सिभिल बैंकका कर्मचारीले गरे जेष्ठ नागरिकलाई सहयोग

काठमाडाैं । सिभिल बैंक तुलसीपुर शाखाका कर्मचारीहरूले जेष्ठ नागरिकको जीवनयापनमा सहजता आओस् भनेर खाद्यान्न सहयोग गरेका छन् । सोमबार तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ रझेनास्थित वृद्ध सेवा समितिमा पुगेर उनीहरूले दैनिक उपभोग्य वस्तुहरू हस्तान्तरण गरेका हुन् ।

सिभिल बैंक तुलसीपुर शाखाका अपरेशन इञ्चार्ज यज्ञराज विनाडीले कर्मचारीहरूले आपसमा रकम संकलन गरी जेष्ठ नागरिकलाई उक्त सहयोग प्रदान गरेको जानकारी दिए । बैंकका प्युठानस्थित विजुवार शाखाका प्रमुख नवीन डाँगी, सल्यान शाखाका नवीन कडायतले व्यक्तिगत सहयोग गरेको र अन्य सबै रकम भने तुलसीपुर शाखाका कर्मचारीहरूबाट संकलन गरिएको विनाडीले बताए ।

रझेनामा आयोजित सहयोग हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै सिभिल बैंकका तुलसीपुर शाखाका कर्मचारी सुशील गौतमले कर्मचारीहरूले खाजा खर्च कटाएर संकलन गरेको दस हजार बढी रकमबाट जेष्ठ नागरिकलाई चामल, दाल, तेल, तयारी खाना प्रदान गरिएको बताएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै वृद्ध सेवा समिति जेष्ठ नागरिकका अध्यक्ष खुमानन्द अधिकारीले अशक्त अवस्थाका जेष्ठ नागरिकलाई सहयोग गरेकोमा सिभिल बैंकका कर्मचारीहरूलाई धन्यवाद दिएका थिए ।

‘ जेष्ठ नागरिकलाई सबैले माया र सम्मान व्यक्त गर्न आवश्यक छ,’ अधिकारीले भने । उनले रझेनास्थित वृद्धा आश्रममा केही नभएका र कोही नभएका जेष्ठ नागरिकलाई समितिले गाँस बासको व्यवस्था गर्दै आएको जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

डिशहोमको जतिको रिचार्ज उति नै बोनस अफर

काठमाडौं । डिशहोम डीटीएचका ग्राहकहरुले अब रिचार्ज गरेको रकमबराबर नै बोनस प्राप्त गर्ने भएका छन्। …

प्रतिकृया दिनुहॊस