स्वस्तिमाले खेल्ने भईन् ‘हजार जुनी सम्म’

काठमाडाैं । अहिलेकी मस्ट डिमान्डेड अभिनेत्री हुन् स्वस्तिमा खड्का । ‘कुटुमा कुटु’ गीतको लोकप्रियता र ‘छक्का पञ्जा २’ सुपरहिट भएपछि उनलाई फिल्ममा लिन चाहने निर्माता/निर्देशकको लामै लाइन छ ।

पाँचौ हप्तामा प्रदर्शनरत ‘नाईं नभन्नू ल ५’ हिट भएपछि त उनको डिमाण्ड झन बढी चुलिएको छ । अब, उनलाई लिएर भेट्रोन निर्देशक विकासराज आचार्यले फिल्म ‘हजार जुनी सम्म’ बनाउने भएका छन् । निर्देशक आचार्यका अनुसार, स्वस्तिमासँग केही दिनमा नै कागजी सम्झौता हुनेछ । ‘नाईं नभन्नू ल ५’ कै बेलादेखि उनीसँग कुरा भएको थियो ।

वाइन लाइन स्टोरी पनि सुनिसकेकी छन् । उनले फिल्म गर्ने कन्फर्म हो’, आचार्यले भने । म्यूजिकल लभस्टोरी जनरामा निर्माण हुने फिल्मका लागि अहिले हिरोको खोजी भइरहेको छ । स्रोतका अनुसार, यसअघि उक्त फिल्म युवा स्टार प्रदीप खड्कालाई अप्रोज गरिएको थियो । व्यस्तताका कारण उनले गर्न सकेनन् ।

सामिप्यराज तिमल्सिना र निर्देशक आचार्यले ‘हजार जुनी सम्म’ को कथा लेखेका छन् । बाल कलाकार अनुभव रैग्मीकी आमा कविताले फिल्म निर्माण गर्नेछिन् । तिहारपछि फिल्मको छायांकन हुनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस