नबिल बैंकबाट तत्कालै यात्रा स्वास्थ्य बिमा सेवा

काठमाडाैं । नबिल बैंकले वैदेशिक भ्रमणमा जाने ग्राहकलाई यात्रा स्वास्थ्य बिमा माग गर्नेबित्तिकै जारी गर्ने भएको छ । बैंकले आफ्ना काउन्टरहरूबाट भिसा इन्टरनेसनल प्रिपेड कार्ड, बैंक ड्राफ्ट र विदेशी मुद्रा सटहीजस्ता सेवाका लागि आउने ग्राहकले वैदेशिक यात्रा बिमा पनि उपलब्ध गराउने भएको हो ।

यो अवधारणालाई नबिल बैंकले सर्वप्रथम नेपाली बजारमा ल्याएको जनाएको छ । यो सेवाका लागि नबिल बैंकले प्रभु इन्स्योरेन्स लिमिटेडसँग साझेदारी गरेको छ ।  यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

बैंकका प्रमुख कार्यकारी निर्देशक अनिलकेशरी शाहले भने, ‘मलाई विश्वास छ कि ट्राभल बिमा सेवाको हाम्रा बैंकका सेवाहरूसँग समायोजनबाट ग्राहकहरूको सम्पूर्ण यात्रा आवश्यकतालाई एकद्वार प्रणालीबाट समाधान दिन सक्षम हुनेछौँ ।’ यो सेवाले विदेश यात्रा गर्ने व्यक्तिलाई सुरक्षित र सुविधाजनक यात्राका लागि बिमाको महत्वबारे सजग गराउन पनि मद्दत गर्ने शाहले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेप्से परिसूचकमा १९.५६ अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । …

प्रतिकृया दिनुहॊस