सिगे मनी ट्रान्सफर र सिटी एक्सप्रेस पनी ट्रान्सफरबीच सम्झौता

काठमाडौं। सिगे मनी ट्रान्सफर र सिटी एक्सप्रेस पनी ट्रान्सफरबीच रेमिटेन्स सेवा सुरु गर्ने  सम्झौता भएको छ ।  उक्त  सम्झौतापत्रमा सिटी एक्सप्रेसको तर्फका प्रबन्ध निर्देशक चन्द्र टण्डन चिफ अपरेटिङ अफिसर जोसेफ क्याचेले हस्ताक्षर गरे।

यो सेवा सुरु भएपछि अमेरिकामा रहेको नेपालीले सिगे मनी ट्रान्सफरमार्फत् नेपालको कुनै पनि बैंक खातामा रकम जम्मा गर्न वा नगद पैसा पठाउन सक्ने भएका हुन् ।

सिगे मनी ट्रान्सफर अमेरिकाको १५ हजारभन्दा बढी एजेन्ट (आउटलेट) र विश्वभरी १ सय ३० भन्दा बढि देशमा आफ्नो छुट्टै सञ्जाल छन् ।

सिटी एक्सप्रेसले विगत १२ वर्षदेखि विदेशबाट पठाएको रकम आफ्ना ६ हजारभन्दा बढी एजेन्टमार्फत् भुक्तानी गर्दै आएको छ ।

 

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

नौ लाख घरधुरीमा जोडियो वर्ल्ड लिंकको इन्टरनेट

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक कम्युनिकेसन्सको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख …

प्रतिकृया दिनुहॊस