हिमालयन ऊर्जा विकास कम्पनीले प्राथमिक शेयर निष्कासन गर्ने

काठमाडौं। हिमालयन ऊर्जा विकास कम्पनीले आयोजना प्रभावितको लागि प्राथमिक शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले २४ करोड ७५ लाख रुपैयाँ बराबरको शेयर निष्कासन गर्ने भएको हो।

नौ करोड ९० लाख रुपैयाँ बराबरको नौ लाख ९० हजार कित्ता शेयर प्रभावित क्षेत्रका लागि निष्कासन अनुमति पाएको छ। बाँकी रहेको १४ करोड ८५ लाख रुपैयाँ बराबरको सर्वसाधारणलाई निष्कासन गर्ने छ।

कम्पनीले प्रभावित क्षेत्रका स्थानीय वासिन्दाको लागि नौ करोड ९० लाख रुपैयाँ बराबरको प्राथमिक शेयर निष्कशन गर्ने भएको हो। निष्कासनको लागि कम्पनीले बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्टलाई नियुक्त गरेको छ।

कम्पनीले १२ मेघावट क्षमताको उपल्लो खिम्ति आयोजना निर्माण गरिरहेको छ। १६ करोड प्रति मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष राखेको कम्पनीले ६० प्रतिशत निर्माण सम्मपन्न गरिसकेको जनाएको छ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

बाढी प्रभावित आयोजनाले १० महिनासम्म राहत नपाएकाे गुनासाे

काठमाडौं । पूर्वका बाढी प्रभावित जलविद्युत आयोजनाले लामोसमयसम्म राहत नपाएपछि संसदीय समितिमा छलफल भएको छ । बुधवार संघीय संसदको अर्थसमितिमा बाढी प्रभावित आयोजनाका प्रतिनिधि, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान), ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री, राष्ट्र बैंकका गभर्नर, ऊर्जा सचिव र राजस्व सचिवसहित छलफल भएको हो ।

प्रतिकृया दिनुहॊस