एसिया कपमा आज हङकङ र भारत भिड्दै

काठमाडौं । एसिया कप क्रिकेटमा आज (मंगलबार) हङकङले बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्दैछ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार साँझ ५ बजेर १५ मिनेटमा खेल सुरु हुनेछ । हङकङलाई पराजित गरे भारत एक खेल खेल्नु अघि नै सेमिफाइनलमा प्रवेश गर्ने छ । भारतलाई पराजित गर्न सकेमा हङकङको पनि सेमिफाइनल पुग्ने सम्भावना जिवितै रहनेछ ।

हङकङले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग ८ विकेटको हार ब्यहोरेको थियो । यता, भारतको भने युएईमा जारी एसिया कपमा यो पहिलो खेल हो ।

टस जितेर पहिले ब्याटिङ गरेको हङकङले ३७.१ ओभरमा सबै विकेटको क्षतिमा ११६ रन मात्रै बनाएको थियो । तुलनात्मक रुपमा हङकङले पाकिस्तानविरुद्ध फितलो ब्याटिङ गरेको थियो । त्यही गल्तीलाई सच्याउँदै भारतविरुद्ध राम्रो ब्याटिङ गर्ने लक्ष्यमा हङकङ रहेको छ ।

यता, भारत भने रोहित शर्माको कप्तानीमा पहिलो पटक जारी एसिया कपमा खेल्दैछ । नियमित कप्तान विराट कोहली एसिया कप नखेल्ने भएसँगै भारतको नेतृत्व रोहित शर्मालाई दिइएको हो ।

अनलाइनखबर

बारेमा news

यॊ पनि हेर्नुहॊस

एसिसी प्रिमियर कपमा नेपालको लगातार चौथो जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित दर्ता गरेको छ । …

प्रतिकृया दिनुहॊस