समयसँगै बदलियो तीज

कल्पना शर्मा

यतिबेला महिलाहरुको पर्व तीजले समाजका हरेक वर्ग तथा उमेरका महिलालाई रंङ्गयाएको छ । समयसँगै तीज मनाउने शैली र तौरतरीकामा पनि परिवर्तन आएको छ । आजभोली महिलाहरु तीजको वास्तविक मर्मलाई बिर्संदै गएका छन् । पीर, बेदना भन्दा पनि रमाइलो गरेर खुशीसाथ तीज मनाउने प्रचलन बढ्दै गएको छ ।

तीजको वास्तविकता भनेको छोरीचेली माईतमा जाने, दुःख सुख साट्ने, तीजको अघिल्लो दिन दर खाने र तीजका दिन निराहार व्रत बस्ने प्रचलन थियो ।

विवाहित महिलाहरु श्रीमानको सु–स्वास्थ्य दिर्घायुको कामना गर्ने गर्थे । अविवाहितहरु असल बर पाउन तीजको व्रत बस्ने गर्थे । तीजको दिन पानी समेत खान नहुने मान्यता थियो । तीजमा धुमधाम नाचगान र भगवान शिवको पूजा आराधना गर्ने गरिन्थ्यो ।

तीजको दिन ब्रस बसेर पर्सिपल्ट पञ्चमीको दिनसम्म कठोर ब्रत गर्ने प्रचलन थियो । केहि महिलाहरु अहिलेपनि यसरी नै ब्रत गर्ने गर्छन् । आजभोलिको तीज मनाउने तरीकामा परिवर्तन भएको छ । यसको तामझाम २ महिना अगाडि देखिनै हुने गर्छ । शहरमा पार्टी प्यालेसमा दर खाने प्रचलन मौलाउँदै गएको छ ।

हिजोआज महिलाहरु भेला हुने र रमाइलो गर्ने चलन बढ्दै गएको छ । शहरिया महिलाहरु २ महिना अगाडिबाटै दर खाने कार्यक्रमको आयोजना गर्ने गर्छन । महंगा सारी र गरगहनामा ठाँटिएर भोजमा सरिक हुन्छन । पहिले लामो समयसम्म भेट नभएका चेलिबेटी तीजको अवसरमा भेट हुन्थे । मीठो दर पकाएर एकआपसमा दुःख सुख साट्ने गर्थे ।

तीजको अघिल्लो साँझ मिठो दर खाएर रमाउँथे । माईतिघरमा रमाइलो जमघट हुन्थ्यो । तर अचेल होटल र पार्टी प्यालेसमा तीजको दर खाने कार्यक्रमको आयोजना गरिन्छ ।

तीजको बिशेष महत्व हुन्छ । तर आजभोलि चेलीका बेदना तीज गीतमा सुनिन्न । महिलाको पर्वमा पुरुषको सहभागिता देखिन्छ । महिला तथा पुरुष समभाव राख्दै सँगै गाउँदै नाँच्छन । पहिले छोरी, बुहारीले शिक्षा पाउँदैनथे । सानैमा बिवाह हुन्थ्यो । घरपरिवारका सबैको चित्त बुझाउँदै सारा काम गर्नुपथ्यो । यो पीडालाई तीजमा उनीहरुले माईती घर आएर पोख्थे ।

पराईघरमा भोग्नु परेका पीडा नै गीत बन्थे । सासु ससुरा, नन्द देवर, जेठान जेठानीले हेला गर्ने गर्थे । पहिलेको तुलनामा अहिले महिलाहरुले स्वतन्त्रता केहि मात्रामा भएतापनि अनुभव गर्न पाएका छन् ।

समयको हुरीसँगै वेदनाका प्रकारहरु परिवर्तन हुँदै गए । महिला मुक्तिका कुराले ठाउँ पाउँदै गए । क्रान्तिका कुराहरु अगाडि आए । महिलामात्रै सहभागी हुने तीजमा पुरूषहरू पनि नाँच्न थाले ।

नेपालका चर्चित गायिकाहरु हरिदेबी कोइराला, बिमा कुमारी दुरा, लक्ष्मी न्यौपाने जस्ता कलाकारले गाउने गीत असाध्यै मर्मस्पर्शी हुने गर्थे । सञ्चारकर्मी कोमल ओली पनि तीज गीतमा बढी नै भिजिन् । केहि तडकभडक गीत पनि बजारमा ल्याईन् । बिवादित पनि बनिन । तीजलाई आधुनिकता दिन उनी अगाडि बढिन ।

हाल राष्ट्रियसभा सदस्यको भूमिकामा रहेतापनि तीज गीत गाउन भने छाडेकी छैनन । समयसँगै बदलिएका तीज गीत केहि राम्रा पनि छन् ।

सन्देशमूलक पनि छन् । समाज परिवर्तनमा अहं भूमिका निभाउन सफल छन् । तथापि पुराना संस्कार मौलिकता र संस्कारलाई जगेर्ना गर्न र प्रवद्र्धन गर्न सम्बन्धित सबैको ध्यान जानु जरुरी छ । तीजलाई आधुनिक आँखाले मात्रै हेर्ने हो भने तीजको मौलिकता हराएर जानेछ । आधुनिकताको नाममा मौलाएको यस किसिमको बिकृती हटाउन सचेत हुन ढीला भईसकेको छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

सिटिजन्सका ग्राहकलाई बम्पर सुविधा, २० बढी बचत खातामा उच्च ब्याजदर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडमा खाता खोल्ने ग्राहकहरुलाई लक्षित गरि बम्पर सुविधा ल्याएको छ । बाणिज्य बैंकहरुमा अग्रस्थानमा रहेको सिटिजन्सले आफ्ना ग्राहकहरुका सबै खालका वित्तीय आवश्यकतालाई एक साथ पुरा गर्ने उदेश्यले विभिन्न प्रकारका निक्षेप खाताहरु सञ्चालनमा ल्याएको हो । बैंकले चालु आर्थिक वर्षदेखि ग्राहकहरुको भरपर्दो साझेदारका रूपमा आफूलाई उभ्याउन चाहेको जनाएको छ ।

प्रतिकृया दिनुहॊस