कल्पना शर्मा, सम्पादक

पत्रकार महिलाले बिविध चुनौतीका वीचमा आफ्नो पेशा रोज्नुपर्ने बाध्यता

कल्पना शर्मा, सम्पादक

नेपालको जनसंख्याको तुलना गर्दा महिलाको संख्या पुरुषको भन्दा बढी छ । तर हरेक क्षेत्रमा सोचेको जस्तो महिलाको सहभागिता देखिदैन । पत्रकारिता क्षेत्रमा त यो संख्या झनै कम देखिन्छ ।

पत्रकार महिलाले बिविध चुनौतीका वीचमा आफ्नो पेशा रोज्नुपर्ने बाध्यता छ । श्रीमान्, घरपरिवार, समाजले महिलाका लागि परिधि बनाईदिएको छ ।

त्यहि परिधिभित्र बसेर पत्रकारिताजस्तो जोखिमयुक्त पेशामा महिलाहरु आवद्ध छन् । विभिन्न चुनौतीका पहाडहरु पार गर्दै यो पेशामा संलग्न हुनेहरुले अनेक अवरोधको सामना गर्दै निरन्तरता दिनुपर्ने बाध्यता छ ।

महिलाहरुले पुरुषले जस्तो स्वतन्त्रता उपभोग गर्न सक्ने अवस्था छैन । उनीहरुले घरपरिवार, बालबच्चा स्याहार्दै पत्रकारिता पेशालाई निरन्तरता दिनुपर्ने भएका कारण विभिन्न चुनौतीहरुको सामना गर्दै कठिन अवस्था पार गर्नुपर्छ ।

यस्तो परिस्थितिमा पेशालाई निरन्तरता दिने वा नदिने भन्नेमा उनीहरु अलमलमा पर्छन् । अर्कोतर्फ आर्थिक सुनिश्चितता पत्रकारिता पेशामा नभएका कारण पनि महिलाहरुलाई चुनौतीको पहाडको सामना गर्नुपर्छ । रातदिन नभनी अरुको समाचार बनाउने पत्रकार महिला आफै चुनौतीको चाङमा बसेर न्यून पारीश्रमिकमा काम गर्नुपरिरहेको छ ।

महिलाका समस्या र मुद्दा पुरुषका भन्दा भिन्दै हुन्छन् । अविवाहित महिलाका भन्दा विवाहितका समस्या झनै डरलाग्दा छन् । पत्रकारितामा जुन हिसावले महिलाको आकर्षण बढ्दो छ त्यतिनै मात्रामा टिकाउ घट्दो पनि छ ।

रातदिन काममा व्यस्त हुनुपर्ने तथा आर्थिक पाटो कमजोर हुने भएका कारण श्रीमान् र परिवारबाट पेशा नगर्न दबाब पनि धेरै महिलाले बेहार्नुपर्ने बाध्यता छ । यसबाट मानसिकरुपमा पनि उनीहरुमाथी दवाब पर्छ ।

संख्यात्मक हिसाबमा पत्रकार महिलाको उपस्थिति देखिएतापनि निरन्तरता सूची निकै कम देखिन्छ । विहे अगाडि यो क्षेत्रमा चर्चित भएका महिलाहरु पनि बिहेपछि पलायन भएका थुप्रै उदाहरणहरु हाम्रा सामू छन् ।

विहेपछि घरपरिवारको अड्चन र बच्चा पाईसकेपछि उनीहरुको हेरविचार गर्नुपर्ने भएकाले कार्यस्थलमा जान नसक्ने वाध्यताका कारण महिलाहरु कामबाट बञ्चित हुनुपर्ने बाध्यता छ । मिडिया हाउसले ’बेवी केयर सेन्टर’ को ब्यबस्था गर्न नसकेका कारण पनि उनीहरुले पत्रकारिता पेशा वीचैमा छाड्ने परिस्थितिको सिर्जना भईरहेको छ ।
अन्य पेशाको तुलनामा पत्रकारिता आफैमा चूनौतीपूर्ण पेशा हो ।

अहिलेको समयमा पत्रकार महिला पुरुषसरह नै सक्षम हुनु उत्तिकै जरुरी छ । राज्यको चौथो अंगका रूपमा रहेको सञ्चार क्षेत्रमा काम गर्ने पत्रकार महिला हरेक क्षेत्रका विषयमा जानकार हुनु जरुरी छ । अध्ययनका लागि पनि जति समय पुरुषले पाएका हुन्छन त्यति महिलाले पाउन सक्दैनन् । हाम्रो समाजमा अहिले पनि पुरुषले कमाएर ल्याउने अनि उसले घरको काम गर्न नहुने भन्ने सोच कायमै छ । यदि कुनै पुरुषले घरको काम गरिहाले उसलाई खिसीटिउरी गरेर जिस्क्याउने प्रवृत्ति छ ।

जसका कारण पुरुषहरु घरको काममा अघि सर्नुको साटो फोकटमा समय विताउँछन तर घरको काममा हिस्सेदार बन्दैनन् । नतीजा महिलाले नै अग्रसरता देखाउनुपर्ने बाध्यता छ । विविध खाले चुनौतीका कारण पत्रकार महिला पेशाबाटै पलायन भएको धेरैलाई जानकारी भएकै विषय हो ।

आर्थिक सुनिश्चितता नभएका कारण महिलाहरु पत्रकारिता क्षेत्रबाट पलायन हुँदै जाने क्रम बढ्दो छ । अवसर पाईहालेपनि निर्णायक तहमा जानै दिईदैन । लैङ्गिक विभेदरहित सञ्चार गृहको निर्माण गर्ने हो भने पत्रकार महिलाको संख्या मात्रै होईन गुणस्तरमा पनि उत्तिकै ध्यान दिनु जरुरी छ ।

पेशागत क्षमता र दक्षताको आधारमा पत्रकार महिलाले स्थान पाउने र आर्थिक हैसियत पनि उच्च हुने हो भने पत्रकारिता क्षेत्रमा महिलाहरुको संख्या उच्च र उँचो हुने समय टाढा छैन ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

सिटिजन्सका ग्राहकलाई बम्पर सुविधा, २० बढी बचत खातामा उच्च ब्याजदर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडमा खाता खोल्ने ग्राहकहरुलाई लक्षित गरि बम्पर सुविधा ल्याएको छ । बाणिज्य बैंकहरुमा अग्रस्थानमा रहेको सिटिजन्सले आफ्ना ग्राहकहरुका सबै खालका वित्तीय आवश्यकतालाई एक साथ पुरा गर्ने उदेश्यले विभिन्न प्रकारका निक्षेप खाताहरु सञ्चालनमा ल्याएको हो । बैंकले चालु आर्थिक वर्षदेखि ग्राहकहरुको भरपर्दो साझेदारका रूपमा आफूलाई उभ्याउन चाहेको जनाएको छ ।

प्रतिकृया दिनुहॊस