चिकेन सिजलर बनाउने तरीका

चाहिने सामग्री
हड्डी नभएको कुखुराको मासु                       २०० ग्राम
मरिचको धुलो                                          १ चिम्टी
नून                                                        स्वाद अनुसार
ओस्टर सस                                          १ चम्चा
खैरो सस                                            १५० मिलिलिटर
फिङ्गर चिप्स                                       १०० ग्राम
स्लाइस काटेको च्याउ                               ५० ग्राम
मसिनो गरी काटेको सेलरी                           २० ग्राम
मसिनो गरी काटेको प्याज                            १०० ग्राम
रातो रक्सी                                         १०० मिलिलिटर
मसिनो गरी काटेको लसुन                          १ चम्चा
वनाउने तरीका
सबैभन्दा पहिले कुखुराको खुट्टाको मासुवाट हड्डी निकाल्ने । त्यसपछि नुन, मरिचको धुलो र सस राखेर मोल्ने । राम्रोसंग मोलिसकेपछि चिकेनलाई ग्र्रील गर्ने । सिजलरका लागि प्यानमा वटर राखेर मसिनो गरी काटेको प्याज, सेलरी तथा लसुनलाई खैरो हुनेगरी पकाउनुपर्छ । काटेर राखेको च्याउलाई मजाले पकाउने अनि सस, नुन र मरिचको धुलो राख्ने । कुखुराको सिजलरलाई ससमा राखेर पकाउने र सिजलर प्यानलाई राम्रोसँग तताउने । यति गरिसकेपछि उमालेर राखेको भेजिटेवल, रोष्ट र आलु चिप्स तयार गर्ने । तताएर राखेको प्यानलाई काठको भाडामा राख्ने । साईडमा उमालेर राखेको भेजिटेवल, फिङ्गर  चिप्स र वीचमा वीचमा सिजलर राखेर माथिवाट सिजलरको सस राख्नुपर्छ । अन्त्यमा रातो रक्सी राखेर आगो वाली सर्भ गर्न सकिन्छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

यस्ताे छ घरैमा सुकुटी बनाउने तरिका

दसैंमा मासुका विभिन्न परिकारहरू बनाइन्छ। जस मध्ये एक हाे सुकुटी । बफ/चिकेन सुकुटी हरेक उमेर …

प्रतिकृया दिनुहॊस