अस्ट्रेलियाको नयाँ प्रधानमन्त्री बने स्कट मरिसन

सिड्नी ।अस्ट्रेलियाको नयाँ प्रधानमन्त्रीमा स्कट मरिसन चुनिएका छन् । विगत एघार वर्षको अवधिमा सातौं प्रधानमन्त्रीका रुपमा उनले पदभार ग्रहण गर्न लागेका हुन । । औसतमा सुधारवादी ठानिएका म्याल्कम टर्नबुललाई  उनकै लिबरल पार्टीका कट्टरपन्थीहरुले पदबाट हटाएका हुन् ।

अस्ट्रेलियाको राजधानी सहर क्यानबेरामा भएको पार्टी संसदीय दलको निर्वाचनमा अर्थमन्त्रीको भूमिकामा रहनुभएका मरिसनले टर्नबुललाई ४५–४० मतान्तरले पराजित गरेका थिए ।यस चुनावमा टर्नबुलका सहयोगी विदेश मन्त्री जुली बिशप पनि चुनावी मैदानमा थिए तर उनि पहिलो चरणमै पराजित भएका थिए।

‘मेरो सम्पूर्ण सहयोग स्कट मरिसनलाई हुनेछ,’ प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै डटनले भने । तर टर्नबुलले भने साथीहरुबाट आफूमाथि धोखाधडी भएको र पिठ्युँमा छुरा हानिएको प्रतिक्रिया दिए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सोल्टी होटल र इसेवाबीच सहकार्य

काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र पाँचतारे होटेल सोल्टी होटेल्स तथा रिसोर्टसबीच व्यावसायिक …

प्रतिकृया दिनुहॊस