गोजुरियो कराते डो युजेन्काई संघको अध्यक्षमा गणेश कार्की सर्वसम्मत

काठमाडौं । नेपाल गोजुरियो कराते डो युजेन्काई संघको प्रथम साधारणसभा सम्पन्न भएको छ । साधारसभा आज काठमाडौंमा सम्पन्न भएको हो । प्रथम साधारणसभाले फेरि पनि गणेश कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । एक वर्षअघि स्थापना भएको संघको पहिलो साधारण सभाले ३५ सदस्यिय कार्य समिति सर्वसम्मत चयन गरेको हो । कार्की यसअघि पनि संघका अध्यक्ष थिए ।

उनको नेतृत्वका कार्यसमितिमा रामचन्द्र सुवेदी, बालकृष्ण असरपती र ऋषिकेश जंग शाह उपाध्यक्षमा सर्वसम्मत भएका छन् । यस्तै महासचिवमा प्रकाश चन्द सर्वसम्मत निर्वाचित भएका छन्, सचिवमा प्रकाश राई र उमाशंकर घिमिरे तथा कोषाध्यक्षको जिम्मेवारी नरेन्द्र वलीलाई दिइएको छ । आजै बसेको कार्यसमिति बैठकले मनोज घिमिरेलाई उपाध्यक्षमा, सचिवमा सुदनसिंह सिलवाल, रजनी थापा र विष्णु कँडेल तथा सदस्यहरुमा बहादुर सिंह ओड, अनुप अधिकारी, लाल बहादुर राना जगदिश कुईकेल, निरज कार्की, राम थापा, गौरी शंकर राई र चन्द्र राष्कोटीलाई कार्यसमितिमा मनोनित गरेको छ ।

कार्यसमितिले सांसद नारदमुनी राना, जय बहादुर चन्द, बटु लामिछाने, ललित कुमार अग्रवाल, टेकराज पौडेल र डोलनाथ खनाललाई सल्लाहकारमा मनोनित गरेको छ । ४० जिल्लाका प्रतिनिधि तथा सदस्यहरुको उपस्थिती रहेको साधारण सभाको प्रतिनिधि सभा सांसद नारदमुनी रानाले उद्घाटन गरेका थिए । निर्वाचित सदस्यहरुलाई प्रमुख निर्वाचन अधिकृत राष्टिय खेलकुद परिषद संघ संस्था प्रमुख डेमबहादुर बस्नेतले प्रमाण पत्र वितरणका साथै सपथ दिलाएका थिए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

एसिसी प्रिमियर कपमा नेपालको लगातार चौथो जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित दर्ता गरेको छ । …

प्रतिकृया दिनुहॊस