सरकारको बिरोधमा सिंहदरबार अगाडि नाङ्गै प्रर्दशन

काठमाडौं । नयाँ मुलुकी ऐनको विरोधमा एक युवकले सिंहदरबार अगाडि शुक्रबार नग्न भएर प्रदर्शन गरेका छन् ।सरकारले  गाई, गोरु मार्नेलाई कानुन लगाएको भन्दै सरकारको बिरोधमा शुक्रबार दिउँसो सिंहदरबारको दक्षिणी गेट अगाडि एक युवाले नग्न प्रर्दशन गरेका हुन ।

उनले  ‘जनावर सबै एक हुन्, कानून सबैलाई लागू गर, नयाँ मुलुकी ऐन संशोधन गर, राष्ट्रिय जनावर बदली गर’ लेखिएको प्लेकार्डले आफ्नो यौनाङ्ग छोपेका थिए ।

सार्वजनिक स्थलमा अश्लिलता प्रर्दशन गरेकाले उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त, सिंहदरबारले जनाएको छ । नग्न प्रर्दशन गरेका जितिन लिम्बुलाई महानगरीय वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

रास्वपाबाट इलाम-२ मा मिलन लिम्बु उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी रास्वपाले इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ …

प्रतिकृया दिनुहॊस