सिटिजन्स बैंकको ब्राण्ड एम्बेसडरमा क्रिकेटर ज्ञानेन्द्र मल्ल,

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले  ब्राण्ड एम्बेसडरमा क्रिकेटर ज्ञानेन्द्र मल्ल नियुक्त गरेको छ । बैंकले मल्ललाई एक बर्षका लागि नियुक्त गरेको हो  ।  बैंकमा आयोजीत एक कार्यक्रमका बीच प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारी र मल्लले खुद्रुके र ब्याट साटासाट गरेका थिए । 

त्यसैगरी,  सिटिजन्स बैंकले सात वटा बिशेषता भएको मेरो सिटिजन्स बचत खाता पनि सञ्चालनमा ल्याएको छ । ७ प्रतिशत ब्याजदर, सात वटै प्रदेशमा उपस्थितीसहित बैंकले ७ वटै बिशेषता भएको बचत खाता सञ्चालनमा ल्याएको हो ।

मेरो सिटिजन्स बचत खातामा एक सय रुपैंयाँको न्युनतम मौज्दात, निःशुल्क अन्तर शाखा कारोबार, निःशुल्क मोबाइल बैंकिङ, अनलाईन कारोबारमा थ्री डी सुरक्षा प्रबिधि निःशुल्क दर्ता, निःशुल्क भिसा डेबिट कार्ड, लकरमा बार्षिक ५० प्रतिशत छुट तथा विदेशी मुद्रामा ड्राफ्ट तथा स्वीफ्ट जारी गर्दा ५० प्रतिशत छुटको सुबिधा रहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सुजल डेरीले ल्यायो ‘सफल ह्याप्पी काउ मिल्क’

काठमाडौँ । सुजल डेरीको सफल ह्याप्पी काउ मिल्क अब काठमाडौँ बजारमा उपलब्ध भएको छ । …

प्रतिकृया दिनुहॊस