चितवन राष्ट्रिय निकुञ्जमा एकसिङ्गे गैंडा मृत फेला

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिङ्गे गैंडा मृत फेला परेको छ । निकुञ्जको पश्चिम क्षेत्रस्थित लामो ताल नजिकैको घोलमा अन्दाजी ३०–३५ वर्षको गैंडा मरेको अवस्थामा भेटिएको  छ ।

निकुञ्जको टोली गस्तीमा जाँदा गैंडा मृत भेटिएको थियो । गैंडाको औसत आयु ४० वर्ष हुन्छ ।गैंडाको दाह्रासमेत खिइएकाले बूढो भएर मरेको हुनसक्ने अनुमान पोष्टमार्टममा सहभागी पशु चिकित्सकहरुले गरेका छन् । चालु आर्थिक वर्षमा गैंडा मरेको यो पहिलो घटना हो ।

निकुञ्जले दिएको जानकारी अनुसार, गत वर्ष कालगतिले ८, जुधेर ४, बाढीले बगाउर ४, बाघको आक्रमणबाट ४, रोगका कारणले ३ गैंडा र ब्याउन नसकेर १ गैंडा मरेको थियो । २ गैंडा मर्नुको कारण भने खुलेको थिएन ।

मरेका २६ गैंडामध्ये १२ र १० पोथी थिए । ४ गैंडाको भने लिंग पहिचान नभएकाे चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए ।निकुञ्जका अनुसार गैंडाको प्राकृतिक मृत्युदर अस्वभाविक रुपमा बढ्दै गएको छ ।

अनलाइनखबर

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

राति साढे ३ बजे बेहुली घरका लागि छुटेको बस सडक भासिएर भीरमा खसेको थियो

काठमाडौं । सिन्धुपाल्चोकमा भएकाे बस दुर्घटनामा परी मृत्यु भएका तीन जनाकाे पहिचान खुलेकाे छ । …

प्रतिकृया दिनुहॊस